लामो समयको बिवाद पछि कुरा मिल्न नसकेको नेपाली काँग्रेस छेत्र नं. को चुनावी अभियान अन्ततः बागी उम्मेदवारी पछि शान्त भएको छ । चुनावमा नीति विपरित भएको भन्दै काँग्रेसले चारजनालाई कार्वाही समेत गरेको छ । कार्वाही पछिको प्रतिक्रियामा नरसिंह मल्लले चुनवा जितर यसको जवाफ दिने बताएका छन् । एक पार्टी र अर्को पार्टीवीच प्रतिश्पर्धा हुने चुनावमा पछिल्लो समयमा दैलेख काँग्रेस भित्रको समस्या बढेको छ ।
अर्कोतर्फ एमालेमा समेत अहिले कार्यकर्ता थाम्ने अभियान चलेको छ । नेता तेजबहादुर चन्दले माओवादीबाट टिकट पाएपछि गाउँ पसेका उनको पछि पछि एमाले नेता तथा कार्यकर्ताहरु पनि आफ्नो गाउँको संगठन भत्काउन नदिन तल्लिन देखिएका छन् । विगतमा तेस्रो स्थान हात पारेको एमाओवादीले अहिले उछिन्ने रणनीति वोकेको भएपनि विगतको द्धन्द्धताका भएको माओवादी ज्याददीलाई सहन नसकेर गाउँ छोडेका अधिकाँस जनताहरु अहिलेपनि माओवादीको पक्षमा छैनन् ।
बाबुराम र प्रचण्डलाई समेत तह लगाएका दैलेखका वासिन्दाहरुले अहिलेपनि दैलेख न्याय माग्ने थलो भएकोले सहि रुपमा जिल्लावासिहरुले उठाएको मुद्धा समाधान गर्नुपर्ने माग गर्दा नेता चन्दलाई यतिवेला नैतिक संकट उत्पन्न हुने देखिएको छ । जे होस एमाओवादी, नेपाली काँग्रेस, एमाले, राप्रपा लगाएतका १५ दलका उम्मेदवारहरु गाउँ –गाउँमा पसेका छन् । जनताहरुले यतीवेला आफ्ना गाउँका समस्याहरुलाई पुरापुर मात्रामा नेताहरुलाई दर्शाउने र संविधान सभामा समस्या समाधानका लागि पहल गर्न नीति बनाउने कुरालाई मध्नजर गरि उठाउनुपर्ने देखिन्छ ।





